बुधबार, मंसिर १५ २०७८

एमाले महाधिवेशनमा सुरक्षाका लागी हजार बढी प्रहरी खटिने



  • नेपालदीप
  • बुधबार, मंसिर ८ २०७८
950
SHARES

काठमाडौं।  एमालेको दसौं राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ।

सो महाधिवेशनमा सुरक्षाका लागि नेपाल प्रहरीले एआइजी सहकुलबहादुर थापाको कमान्डमा सुरक्षा टोली खटाउने भएको छ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुवँरले दिएको जानकारीअनुसार महाधिवेशन सुरक्षामा वाग्मती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका डिआईजी सुरक्षामा खटिने र समग्र कमान्ड भने एआईजी थापाले गर्नेगरी १ हजारभन्दा बढी प्रहरी परिचालन गरिनेछ।

सशस्त्र प्रहरीको टोली पनि महाधिवेशन स्थलमा खटाइने बताइएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट