बुधबार, मंसिर १५ २०७८

विद्यार्थीका लागी पुस १५ भित्र थप ६० लाख फाइजर खोप लगाउने सरकारको तयारी



  • नेपालदीप
  • बुधबार, मंसिर ८ २०७८
589
SHARES

काठमाडौं।  सरकारले १२ देखि १७ वर्ष उमेर समूहका झण्डै ३१ लाख विद्यार्थीलाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सबै विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्ने सरकारको कार्ययोजना रहेको बताए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार कक्षा १२ सम्मका ६७ लाख ५१ हजार ४ सय ४९ जना विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउनुपर्ने छ । जसमा ५ देखि ९ वर्ष उमेर समूहका ३१ लाख ९ हजार १ सय ७५ रहेका छन् ।

९ देखिमाथि उमेरसमूहका ३६ लाख ४२ हजार २ सय ७४ जना रहेको मानव स्रोत विकास केन्द्रले जनाएको छ । केन्द्रका अनुसार १२ देखि १७ वर्ष उमेर समूहका झण्डै ३१ लाख विद्यार्थी रहेका छन् । हालसम्म बालबालिकाका लागि उपयोगमा आएको फाइजर खोप नेपालले १ लाख ६२० मात्रा प्राप्त गरेको छ । सरकारले १२ वर्ष माथिका दिर्घ रोगीहरुलाई कोभिड १९ विरुद्धको फाइजर खोप लगाउने अभियान अघि बढाएको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गत् परिवार कल्याण महाशाखा खोप शाखा प्रमुख सागर दाहालका अनुसार पुस दोस्रो सातासम्म ६० लाख मात्रा फाइजर खोप आउनेछ । उनले भने,’ बालबालिकाका लागि प्रयोगमा आउने फाइजर खोप डीसेम्बर अन्तिमसम्म नेपाल आइपुग्छ । हालसम्म बालबालिकाका लागि प्रयोगमा आएको फाइजर बायोएनटेक खोप १ लाख ६२० मात्रा प्राप्त भएको छ।’ हालसम्म नेपालले २ करोड ५४ लाख मात्रा खोप प्राप्त गरिसकेको छ ।

मन्त्री पौडेलले विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्ने आफ्नो पहिलो प्राथमिकता भएको बताए। उनले भने, ‘ विद्यार्थीहरुले खोप केन्द्रमा लाइनमा बसेर खोप लगाउनुपर्ने बाध्यता हटाउन देशैभर एकैपटक एकसाताको अभियान सञ्चालन गरी विद्यालयमै खोप लगाउने व्यवस्था मिलाउने तयारीमा छौं । त्यसका लागि स्वास्थ्य मन्त्रालयलाई आग्रह गरीएको छ।’

मन्त्री पौडेलले शिक्षण संस्थामा खोपको व्यवस्था गर्ने तयारीमा सरकार रहेको बताए । १२ वर्षमाथिका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने विषयमा शिक्षामन्त्री पौडेलले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँग छलफल गरेका थिए ।

‘विद्यालय खुलेसकेका छन् मन्त्री पौडेलले भने,’१८ वर्षमाथि उमेरसमूहका धेरैले खोप लगाइसकेका छन्, अब १८ वर्ष मुनिका विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखेर तुरुन्त खोपको व्यवस्थापन हुनुपर्‍यो ।’ स्वास्थ्य मन्त्री खतिवडाले १८ वर्षमुनीका बालबालिकाको लागि १ करोड डोज खोप ‘बुक’ भइसकेको जानकारी दिए । बालबालिकाका लागि १ करोड डोज खोप अमेरिकाबाट आउने भएको छ, ‘मन्त्री खतिवडाले भने,‘आउने वित्तिकै विद्यार्थीले खोप पाउँछन् ।’

मन्त्री खतिवडाले ३ करोड २० लाख डोज खोप पाइपलाइनमा रहेको जानकारी दिए ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट