बुधबार, मंसिर १५ २०७८

आज नेप्से सामान्य बढ्यो



  • नेपालदीप
  • बुधबार, मंसिर ८ २०७८
513
SHARES

काठमाडौँ। शेयर बजार परिसूचक नेप्से आज बुधवार सामान्य बढेको छ । नेप्से आज एक दशमलव ८२ अङ्कले बढेर दुई हजार सात सय ३४ दशमलव ९३ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, व्यापार र जीवन बीमा समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । होटल समूहको शेयर दुई अङ्कले, विकास बैंक समूहको ४२ दशमलव ८१, जलविद्युतको २३, फाइनान्सको ३५, उत्पादनको २७, अन्यको साढे पाँच र माइक्रोफाइनान्स समूहको शेयर साढे तीन अङ्कले बढेको छ ।

आज दुई सय २७ कम्पनीका ७४ लाख ४५ हजार कित्ता शेयर चार अर्ब २१ करोड ७४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल टेलिकमकाे २६ कराेड रुपैयाँ बराबरकाे शेयर काराेबार भएकाे छ ।

आज मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर सबैभन्दा धेरै साढे नौ प्रतिशतले बढेको छ । गाेर्खाज फाइनान्सको शेयर भने साढे दुई प्रतिशतले घटेको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट