बुधबार, मंसिर १५ २०७८

गरिमा बैंक १५ औं वर्षमा प्रवेश: २१ शाखामा रक्तदान, ५ शाखा कार्यालयहरुको कारोबार शुभारम्भ



  • नेपालदीप
  • बुधबार, मंसिर ८ २०७८
494
SHARES

काठमाडौँ। गरिमा विकास बैंक आजदेखि १५औं वर्षमा प्रवेश गरेको छ। १५औं बार्षिकोत्सबको अवसरमा बैंकले आफ्ना २१ शाखा कार्यालयहरुमा आयोजित “बृहत रक्तदान“ कार्यक्रम गरेको हो। ओम् हस्पिटल एण्ड रिसर्च सेन्टर सँग सहकार्य गरेर बैंकले ११ सय ५५ प्वाइन्ट रगत संकलन पनि गरेको छ।

बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ।
रक्तदान कार्यक्रमलाई गरिमा विकास बैंकले हरेक बार्षिकोत्सवमा महत्वका साथ निरन्तरता दिदै आएको बैंकले जनाएको छ। यसै अवसरमा मंसिर ७ गते बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट, कुमारीपाटी, सभागृह, बेनी, वालिङ्ग, वुटवल, सुनुवाल, नारायणगढ, कावासोती, विरगंज लगायतका २१ शाखा कार्यालयहरुमा पनि वृहत रक्तदान कार्यक्रम गरेको हो।

त्यस्तै १५ औँ वार्षिकोत्सवको अवसर पारेर बैंकले एकैपटक ५ वटा शाखा कार्यालयहरुको कारोबार शुभारम्भ गरेको छ। पथरी शाखा (मोरङ्ग), झुम्का शाखा (सुनसरी), सातदोबाटो शाखा (ललितपुर), माछापोखरी शाखा (काठमाडौं) र गुलरिया शाखा (बर्दिया)को एकसाथ कारोबार शुभारम्भ गरिएको हो। यस सँगै गरिमा विकास बैंकको शाखा संजाल ११५ पुगेको छ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले नेपालको विभिन्न सहरी तथा ग्रामीण जिल्लाहरुमा ११५ शाखा कार्यालय १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवम् गुणस्तरीय बैकिङ कारोबार गर्दै रु. ६७.१६ अर्ब निक्षेप संकलन र रु. ६१.२१ अर्ब कर्जा लगानी गरेको छ। करिब ६ लाख निक्षेप एवम् कर्जा खाताहरु मार्फत ग्राहक माझ सेवा संचालन गरिरहेको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट