बुधबार, मंसिर १५ २०७८

नेविसंघका शक्तिशाली पूर्वकेन्द्रिय सदस्य महर्जन महाधिवेशन प्रतिनिधिमा विजयी



  • नेपालदीप
  • बुधबार, मंसिर ८ २०७८
1.3K
SHARES

काठमाडौँ। नेविसंघका पूर्वकेन्द्रिय सदस्य प्रकाश महर्जन नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। काठमाडौँ क्षेत्र नं ५ बाट १४७ मतसहित महर्जन महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।

नेविसंघका वर्तमान र पूर्वपदाधिकारीहरु महाधिवेशन प्रतिनिधि नै पराजित भइरहेको अवस्थामा रञ्जित कर्ण नेतृत्वको नेविसंघका शक्तिशाली केन्द्रिय सदस्य महर्जन यसअघि १२ औं महाधिवेशनमा नै महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए।

महर्जनलाई अबको प्रदेश निर्वाचनमा सम्भावित उम्मेदवारको रुपमा लिने गरिन्छ। उनको विद्यार्थी राजनीतिमा पनि उत्तिकै प्रभाव रहेको छ। विस्तार हुन बाँकी नेविसंघको कार्यसमितिमा उनलाई सम्भावित उपाध्यक्षको रुपमा हेरिएको छ।

महर्जनले शंकरदेव क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गरेका थिए। उनि दुई पटकसम्म क्याम्पस इकाईको अध्यक्ष र स्ववियु सचिव भएका थिए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट