बुधबार, मंसिर १५ २०७८

आज यी प्रदेशमा हिमपातको सम्भावना



  • नेपालदीप
  • बिहिबार, मंसिर ९ २०७८
513
SHARES

काठमाडौं। तीन दिन उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमालीमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ।

बिहीबार दिउँसो देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाबाट जारी मौसम बुलेटिनमा उल्लेख छ।

शुक्रबार प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। शनिबार प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ।

हिमपातको सम्भावना रहनुको साथै देशभर चिसो बढ्नेक्रममा रहेकाले आवश्यक सतर्कता मिलाउन अनुरोध गरिएको छ। हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नभएको विभागले जनाएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट