बुधबार, मंसिर १५ २०७८

त्रिचन्द्रका हस्ती पौडेल महाधिवेशन प्रतिनिधिमा विजयी



  • नेपालदीप
  • बिहिबार, मंसिर ९ २०७८
1.7K
SHARES

काठमाडौँ। त्रिचन्द्र कलेजका पूर्व स्ववियु उपसभापति एवं नेविसंघ त्रिचन्द्रका निर्वाचित अध्यक्ष विष्णु पौडेल नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि महाधिवेशन प्रतिनिधि छनोट भएका छन्। बागलुङ क्षेत्र नं १को खस आर्य तर्फबाट पौडेल सर्वाधिक मत सहित विजयी भएका हुन्।

लामो समय विद्यार्थी राजनीतिमा सक्रिय पौडेल क्षेत्रबाट माहाधिवेशन प्रतिनिधि चुनिएर कांग्रेसको राजनीतिमा ‘इन्ट्री’ गरेका छन्। पौडेलले आफूलाई मत दिने सबै प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गरेका छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट