बुधबार, मंसिर १५ २०७८

एमाले महाधिवेशन : एआईजी र डीआईजीको कमाण्डमा १५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन



  • नेपालदीप
  • बिहिबार, मंसिर ९ २०७८
874
SHARES

काठमाडौँ। चितवनमा भोलिदेखि सुरु हुने नेकपा एमालेको १० औँ महाधिवेशनको सुरक्षामा १५ सयभन्दा बढी सुरक्षाकर्मी खटाइने भएकाे छ । एक एआईजी र दुई डीआईजीको कमाण्डमा महाधिवेशनको सुरक्षाकाे व्यवस्था मिलाइने भएकाे हाे ।

एआईजी सहकुल थापा, डीआईजी प्रकाशजङ्ग कार्की र दिवेश लोहनीको कमाण्डमा महाधिवेशनको सुरक्षा व्यवस्था मिलाइने भएको छ ।

चितवनका प्रहरी प्रमुख ओम अधिकारीका अनुसार उनिहरु आज नै चितवन आउने छन्  । डीआईजी लोहनीले गण्डकी प्रदेश अन्तर्गत गैँडाकोट क्षेत्रको सुरक्षा कमाण्ड सम्हाल्ने जनाइएको छ । महाधिवेशन लक्षित सुरक्षा योजना निर्माण भएको भन्दै अधिकारीले तयारी पूरा भएको फिल्डमा खटिन मात्र बाँकी रहेको जानकारी दिए ।

यसैबीच केन्द्रीय स्तरका केही नेता हिजै चितवन आएका छन्  भने पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित अन्य नेता आज आइपुग्ने छन् । महाधिवेशनमा १५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन हुँदैछन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग गरी झण्डै एक हजार पाँच सय सुरक्षाकर्मी परिचालन हुनेछन् ।

महाधिवेशनको विशेष सुरक्षाका लागि नेपाल प्रहरीका आठ सय, सशस्त्र प्रहरीको ४५० तथा राष्ट्रिय अनुसन्धानको ९० जना सुरक्षाकर्मी परिचालन हुने छन् । त्यस्तै चितवनसँग सिमाना जोडिएको नवलपुरको गैँडाकोटबाट नेपाल प्रहरीका सयभन्दा बढी सुरक्षाकर्मी खटिने छन् ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट