बुधबार, मंसिर १५ २०७८

एमाले महाधिवेशन : अध्यक्ष ओली चितवनमा



  • नेपालदीप
  • बिहिबार, मंसिर ९ २०७८
741
SHARES

चितवन। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चितवन आएका छन् । शनिबार हुने १० औं‌ महाधिवेशनका लागि ओली श्रीमती राधिका शाक्यसहित दिउँसो साढे एक बजेतिर चितवन आएका हुन् । ओलीलाई स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले र एमाले जिल्ला अध्यक्ष पार्वती रावलले विमानस्थलमा स्वागत गरेका थिए। उनले विमानस्थलमा कुनै प्रतिक्रिया जनाउन चाहेनन् ।

उनी सौराहा गएका छन् । सौराहामा आज उनले नेपाल बुद्धिजीवि परिषद्को कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । परिषद्ले ‘वर्तमान परिवेशमा नेकपा एमालेको महाधिवेशन समाजवादको आधार निर्माण प्राज्ञिक बहस तथा दिशानिर्देश’कार्यक्रमको आयोजना गरेको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट