बुधबार, मंसिर १५ २०७८

आज नेप्से सामान्य घट्यो



  • नेपालदीप
  • बिहिबार, मंसिर ९ २०७८
589
SHARES

काठमाडौँ। कारोबार हुने हप्ताको अन्तिम दिन आज बिहीवार शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव २२ अङ्कले घटेर दुई हजार सात सय ३१ दशमलव ७८ विन्दुमा झरेको छ ।

आज बैंकिङ, होटल र अन्यबाहेक सबै समूहको शेयर घटेको छ । आज विकास बैंक, बीमा, व्यापार र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय ३३ कम्पनीका ७४ लाख ८६ हजार कित्ता शेयर तीन अर्ब ७८ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल टेलिकमको २६ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज मानुषी लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै सात प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि समृद्धि फाइनान्सको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट