बिहिबार, माघ १३ २०७८

फेरी बढ्यो सुनको मूल्य,तोलाको कति पुग्यो ?



  • नेपालदीप
  • आइतबार, मंसिर १२ २०७८
1.6K
SHARES

काठमाडौँ। आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा ह्वात्तै गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज ९२ हजार १ सय रुपैयाँमा र तेजाबी सुन ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ।

शुक्रबार भने छापावाल र तेजाबी सुन क्रमशः ९१ हजार ९ सय र ९१ हजार ४ सय रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको थियो।

यता चाँदीको भाउ भने सस्तिएको छ। शुक्रबार तोलाकै १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १२ सय १० रुपैयाँमा कारोबार भएको हो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट