बिहिबार, माघ १३ २०७८

बरालिएकाे एमालेलाई ठेगानमा ल्याउने काम कांग्रेसले गर्नुपर्छ : गगन थापा



  • नेपालदीप
  • आइतबार, मंसिर १२ २०७८
1.5K
SHARES

काठमाडौँ। नेपाली कांग्रेसका नेता गगनकुमार थापाले चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा बन्द सत्र नभइ ‘ओली सेसन’ चलिरहेको बताएका छन् ।

आज आइतवार नेपाली कांग्रेस काठमाण्डाै जिल्ला कार्यसमितिको १४ औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता थापाले चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा बन्द सत्र नभइ ‘ओली सेसन’ चलिरहेको बताए । उनले नारायणी किनारमा अहिले कोही पनि स्वतन्त्र हुन नसकेको बताउँदै प्रतिस्पर्धाबाट एक्लिएका भीम रावललाई प्रहरीले सुरक्षा दिइरहेको बताए  ।

उनले नेकपा एमालेमा अब ‘जनवाद’ सकिएको र केपी शर्मा ओलीको ‘डनवाद’ सुरु भएको आरोप बताए । नेता थापाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा गरेका काम हेर्दा आफूलाई कम्बोडियाका प्रधानमन्त्री हुन सेन जस्तो लागेको भन्दै ओलीको आदर्श पुरुष हुन सेन रहेको आरोप लगाए। हुन सेनको विरुद्धमा लेख्ने र बोल्नेले आफ्नो काम छाडेर बिदा हुनुपरेको भन्दै नेता थापाले ओलीको विपक्षमा खडा हुने व्यक्ति मञ्चबाट नै भीम रावलको जसरी लखेटिने बताए  ।

उनले चितवन महाधिवेशनपछि नेतृत्वमा आएको नेकपा एमालेलाई कांग्रेसले तह लगाउने बताए । नेता थापाले १० औँ महाधिवेशनपछि नेतृत्वमा आउने एमालेले जनवाद गुमाएर देशको प्रजातन्त्र सक्ने बाटोमा अघि बढेर आउने आरोप लगाए । उनले एमाले अहिले बरालिएको भन्दै बरालिएको एमालेलाई सही ठाउँमा ल्याएर प्रतिस्पर्धा गर्ने ल्याकत कांग्रेसले राख्नुपर्ने बताए ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार