बिहिबार, माघ १३ २०७८

हप्ताको पहिलो दिन नै ८० अङ्कले घट्यो नेप्से



  • नेपालदीप
  • आइतबार, मंसिर १२ २०७८
912
SHARES

काठमाडौँ। हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ८० दशमलव २९ अङ्कले घटेर दुई हजार ६ सय ५१ दशमलव ४९ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेकोमा व्यापार, होटल, विकास बैंक, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय ३४ कम्पनीका एक करोड १९ लाख कित्ता शेयर पाँच अर्ब ८३ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको २९ करोड ८१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज हिमालयन पावर पार्टनर र मानुषी लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि आईसीएफसी फाइनान्सको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार