
काठमाडौं। पछिल्लो चौबिस घण्टामा मुलुकभर १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट १५४ र एन्टीजेन परीक्षणबाट ४ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ३ सय ४२ जना संक्रमणमुक्त भएका छन् भने २ जना संक्रमितको ज्यान गएको छ।
यससँगै मुलुकमा कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ८ लाख २० हजार ८७८ र एन्टीजेनतर्फ ९५ हजार ४७२ पुगेको छ। त्यसैगरी निको हुनेको संख्या ८ लाख २ हजार ३८९ पुगेको छ।
मुलुकभर हालसम्म ११ हजार ५२३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । हाल देशभर ६ हजार ९६६ सक्रिय संक्रमित रहेका छन्। तीमध्य ६ हजार ५८९ जना होम आइशोलेसन, ३७७ जना संस्थागत आइशोलेसन र ९८ जना क्वारेन्टिनमा रहेका छन्।
सक्रिय संक्रमितमध्य १७१ जना आइसियुमा छन् भने ३३ जना भेन्टीलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।