बिहिबार, माघ १३ २०७८

आजै ओलीले घोषणा गर्ने कमिटी ताली पड्काएर अनुमोदन गरिँदै, रावल र भुसाललाई ‘बाइपास’ !



  • नेपालदीप
  • आइतबार, मंसिर १२ २०७८
2.9K
SHARES

काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको केन्द्रीय कमिटीको अन्तिम नामावली आइतबार साँझ १० औँ महाधिवेशनको बन्दसत्रमा पेश गर्ने तयारी गरिएको छ। उक्त नामावलीलाई ताली पड्काएर अनुमोदन गर्ने तयारी गरिएको हो।

बन्दसत्र साँझ ७ः०० बजे सुरु हुनेछ। बिहान १० बजेका लागि निर्धारित बन्दसत्र साँझ ७ः०० बजेका लागि सरेको हो। पदाधिकारीसहित ३२० सदस्यीय केन्द्रिय कमिटीमा सहमतिका लागि  एमाले अध्यक्ष ओली दिनभरजसो नेताहरुसँगको छलफलमा व्यस्त रहे। पदाधिकारी छनौटको विषयमा सहमति जुट्न नसक्दा बन्दसत्र सुरु हुन ढिलाइ भएको हो।

शनिबारको बन्दसत्रबाट अध्यक्ष ओलीलाई पदाधिकारी तथा केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने जिम्मा दिइएको थियो। तर त्यसप्रति अध्यक्षमा दाबेदारी पेश गरेका नेता भीम रावल र उपाध्यक्षमा दाबेदारी प्रस्तुत गरेका नेता घनश्याम भुसालले आपत्ति जनाएका थिए।

अध्यक्षमा दाबेदारी पेश गरेका उपाध्यक्ष भीम रावललाई आफ्नो मत राख्ने मौका पनि नदिने तयारी रहेको एक नेताले बताए। तयार पारिएको सूचीमा रावल र घनश्याम भुसाललाई पदाधिकारीमा नसमेटिएको बुझिएको छ। रावल र भुसालले सहमतिका नाममा निरंकुशता लाद्न खोजे स्वीकार्य नहुने बताउँदै आएका छन्।

ओलीले केन्द्रिय कमिटी घोषणा गर्न लागेपछि रावलले भने: अलोकतान्त्रिक कार्य, धाँधलीको संकेत

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार