बिहिबार, माघ १३ २०७८

केन्द्रिय समिति घोषणा गर्ने ओलीको अन्तिम तयारी, बन्दसत्र सुरु



  • नेपालदीप
  • आइतबार, मंसिर १२ २०७८
893
SHARES

काठमाडौँ। नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत तेस्रो दिन बन्दसत्र अझै सुरु हुन सकेको छैन। साँझ ७ बजे बन्दसत्र सुरु हुने भनिए पनि पछिल्लो समयमा आएर एक घण्टा पर सारिएको छ। एमाले नेता युवराज ज्ञवालीका अनुसार अध्यक्ष मण्डलको बैठक बस्ने भएकाले बन्दसत्र एक घण्टा पर सारिएको हो।

अध्यक्ष मण्डलको बैठकपछि बन्दसत्र सुरु हुने उनले बताए। अध्यक्ष मण्डलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको ३०१ जनाको सूची पेस गरिनेछ। ओलीले सहमतिमा नेतृत्व चयन गर्ने प्रयासस्वरुप दशौं महाधिवेशनबाट चयन हुने केन्द्रीय कमिटीका पदाधिकारीसहित ३०१ सदस्यीय सूची तयार पारेका छन्। अध्यक्ष मण्डलको बैठकले उक्त सूची अनुमोदन गरेपछि बन्द सत्रमा लगिने जनाइएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार