बिहिबार, माघ १३ २०७८

ओलीलाई सर्वाधिकार: वरिष्ठ उपाध्यक्षमा ईश्वर र महासचिवमा शंकरको सम्भावना !



  • नेपालदीप
  • आइतबार, मंसिर १२ २०७८
2.4K
SHARES

सौराहा। नेकपा एमालेको चलिरहेको महाधिवेशनमा आगामी केन्द्रिय समितिको लागि केन्द्रिय सदस्य तथा पदाधिकारीको नाम टुंगो लगाएको छ। सहमति जुट्न गाह्रो भएको वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा इश्वर पोखरेल र शंकर पोखरेलमा सहमति जुटेको छ।

ओली निकट स्रोतका अनुसार अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर र महासचिवमा शंकर नाममा सहमति जुटाएका हुन्। वरिष्ठ उपाध्यक्ष पदमा सुवास नेम्वाङ र महासचिवमा विष्णु पौडेलले दावी नछोड‍ेपछि मुख्य पदमा सहमति जुट्न सकेको थिएन।

हिजोको बन्दसत्रले अध्यक्ष ओलीलाई सर्वसम्मतिमा पार्टीको भावी नेत‌ृत्वको नाम पेश गर्ने सर्वाधिकार दिएको थियो। स्रोतका अनुसार बाँकी पदाधिकारीसहित ३०१ सदस्यीय कन्द्रिय किमटीको पनि टुङ्गो लागेको छ। टुंगो लागेको नामलाई अध्यक्ष ओलीले केहीबेरमा सुरु हुने बन्दसत्रमा पेश गर्दैछन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार