बिहिबार, माघ १३ २०७८

ललिता निवास काण्डको ‘निर्णय सुनाउने’ रोकियो, फेरी सुनुवाई गर्ने न्यायधीशहरुको निर्णय !



  • नेपालदीप
  • मंगलबार, मंसिर १४ २०७८
7.8K
SHARES

काठमाडौं। बालुवाटार जग्गा प्रकरणबारे सर्वोच्च अदालतमा परेको रिटको फेरी सुनुवाई हुने भएको छ। ‘निर्णय सुनाउने’ भनेर छोडिएको उक्त रिटको पुन: सुनुवाई गर्न न्यायधीशहरु सहमत भएका हुन्।

तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि पनि मुद्दा चलाउन माग गर्दै परेको रिटमाथिको सुनुवाइ सकिएर निसुको मिति कात्तिक १५ मा तोकिएको भएपनि न्यायाधीश नहकुल सुवेदी देशबाहिर रहेकाले फैसला भएको थिएन।

प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै ‘हड्ताल’ मा उत्रिएका न्यायधीशहरुले ललिता निवास प्रकरणबारे पुन: सुनुवाई गर्ने निर्णय गरेका हुन्। प्रधानन्यायधीशले मङ्सिर ९ गते बोलाइदिएको ‘फुलकोर्ट’बाट निर्णय गर्दै हेर्दाहेर्दै र निसुमा रहेका मुद्दाको समेत फेरि सुनुवाइ गर्ने निर्णय भएको हो। सुनुवाई भइसकेको मुद्धा फेरी पुन: सुनुवाई हुने भएपछि ‘सेटिंग’को आशंका गरिएको छ।

अधिवक्ता बालकृष्ण न्यौपानेले प्रधानन्यायधीश राणाविरुद्धको आन्दोलन न्यायलय सुधार गर्न नभई ललित निवास प्रकरणमा पूर्व प्रधानमन्त्री नेपाल र भट्टराईलाई जोगाउन भएको भन्ने कुरा फुलकोर्टको निर्णयले पुष्टी गर्ने बताए। आफूले दायर गरेको रिटको निसु रोकेर अहिले फेरी सुनुवाई गरिन लागिएको घटनाले सेटिङ्गको सम्भावना भएको बताए।

अब यो मुद्दाको सुनुवाइ गोलाप्रथाबाट पेसी तोकी फेरि सुनुवाइ हुनेछ। सर्वोच्च अदालतले प्रधानन्यायाधीशले पेसी तोक्ने तजबिजी अधिकारलाई कटौती गरी भोलिबाट गोलाप्रथा प्रणाली लागू गर्दैछ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार