बिहिबार, माघ १३ २०७८

देउवा पक्षबाट गण्डकी सभापतिमा जोशीको उम्मेदवारी घोषणा, कास्कीका अधिकांश नेता उपस्थित



  • नेपालदीप
  • मंगलबार, मंसिर १४ २०७८
6.1K
SHARES

काठमाडौँ। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आसन्न प्रदेश समिति निर्वाचनमा गण्डकी प्रदेशमा सभापति शेरबहादुर देउवा पक्षबाट अर्जुन जोशीले उम्मेदवारी दर्ता गराउने भएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री शशांक कोइराला पक्षका नेताहरूले उम्मेदवारी घोषणा गरिरहेका बेला देउवा पक्षबाट एक मात्र उम्मेदवार जोशी हुने भएका हुन्।

वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाको गृह प्रदेशमा देउवा पक्ष एक ढिक्का देखिएको छ। कांग्रेस केन्द्रीय सदस्य जोशीले मंगलबार पोखरामा घोषणा सभा गर्दै सभापतिको उम्मेदवारी घोषणा गरेका हुन्। घोषणा सभामा बोल्दै सभापति देउवाले थालेको पार्टी सुधारको अभियानलाई सहयोग पुर्‍याउन आफूले उम्मेदवारी दिएको जोशीले बताए।

उनको उम्मेदवारी घोषणा सभामा पूर्वसभामुख तारानाथ रानाभाट, कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं गण्डकी सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्का, कानुन मन्त्री विन्दुकुमार थापा, कास्कीका नवनिर्वाचित सभापति किशोरदत्त बराल, कास्की कांग्रेसका पुराना नेता कास्की-२ का प्रतिनिधि सभा उपनिर्वाचनका उम्मेदवार खेमराज पौडेल, यस अघि पौडेल समूहमा रहेकी पूर्व सांसद शारदा पौडेल, देवेन्द्र शेरचन लगायत नेताको उपस्थित थिए।

देउवा पक्ष एकजुट भएर सभापति उम्मेदवार घोषणा गरिरहँदा कोइराला-पौडेल पक्ष भने विभाजित देखिएको छ। पौडेल-कोइराला समूहबाट गण्डकी प्रदेश सभापतिमा यसअघि नै कास्कीका नेताहरू देवराज चालिसे, शुक्रराज शर्मा र तनहुँका नेता रघुनाथ पौडेलले उम्मेदवारी घोषणा गरिसकेका छन्। अहिले उम्मेदवारी घोषणा नगरे पनि पौडेल पक्षबाट अर्का नेता यज्ञबहादुर थापाले पनि प्रदेश सभापतिको आकांक्षा राखेका छन्।

प्रदेश सभापतिको लागि नेता शुक्रराज शर्मा लड्ने निश्चितप्राय भएको बुझिएको छ। त्यसैले पनि कास्कीबाट शुक्रराज विरोधीहरुको ठूलो समूह अर्जुन जोशीको समर्थनमा पुगेको छ। शर्मा कास्कीबाटै कमजोर देखिएको जोशीको घोषणा सभामा कास्कीका नेताहरुको उपस्थितिले नै देखिन्थ्यो। अर्को तर्फ शर्मालाई समर्थन गर्नु भन्दा सिटौला समूहबाट लड्ने तयारी पौडेल पक्षका केही आकांक्षीको देखिएको छ। यस्तो हुँदा कास्की निर्वाचनमा जस्तै गण्डकी देउवाको कब्जामा पुग्ने सम्भावना बढी देखिन्छ।

May be an image of 6 people, people standing and indoor

 

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार