बिहिबार, माघ १३ २०७८

एमालेको उपाध्यक्षमा बादल निर्वाचित



  • नेपालदीप
  • मंगलबार, मंसिर १४ २०७८
1.5K
SHARES

काठमाडौं। पूर्व गृहमन्त्री रामबहादुर थापा बादल नेकपा एमालेको उपाध्यक्ष निर्वाचित भएका छन्। एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट बादल १७६८ मत प्राप्त गर्दै उपाध्यक्ष निर्वाचित भएका हुन् ।

६ जना उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेको थियो । जसमध्य सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र रामबहादुर थापा बादल निर्वाचित भएका छन्।

निर्वाचित भएका सबै उम्मेदवारहरुलाई केपी शर्मा ओलीले सर्वसम्मतका लागि प्रस्ताव गरेको थिए । ओलीले प्रस्तुत गरेको प्रस्तावमा असन्तुष्टि जनाउँदै घनश्याम भुसालले उम्मेदवारी दर्ता गरेपछि निर्वाचनबाट उपाध्यक्ष चयन गरिएको हो । निर्वाचनबाट घनश्याम भुसाल पराजित भएका छन् ।

माओवादी केन्द्रबाट एमाले आएका बादलले एमालेमा लागेपछि मन्त्री हुँदै सांसद पदसमेत गुमाएका थिए। बाग्मती प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा पाँच दलीय गठबन्धनसँग पराजित भएका बादल मुलुककै सबैभन्दा ठूलो राजनीतिक दलको उपाध्यक्ष चयन भएका छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार