बिहिबार, माघ १३ २०७८

सुन र नगदसहित दुई युवक प्रहरी नियन्त्रणमा



  • नेपालदीप
  • बुधबार, मंसिर १५ २०७८
874
SHARES

लहान। प्रहरीको टोलीले सिरहाको लहान नगरपालिका–७ बाट ५० ग्राम सुन र रु ५४ हजार नगदसहित दुई युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका–११ निवासी २५ वर्षीय तौहिद आलम र सप्तरीकै बोदे वर्साइन नगरपालिका–६ निवासी २५ वर्षीय मो।समिम अख्तर रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनाको साथबाट प्रहरीले रु. तीन लाख ९१ हजार ८०३ मूल्य बराबरको ५० ग्राम सुन र रु. ५४ हजार नगद बरामद गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा तपन दाहालले जानकारी दिए।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले स८प ६०७७ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा दुवै जनालाई सुन र नगदसहित पक्राउ गरेको उनले बताए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार