बिहिबार, माघ १३ २०७८

पाल्पा काँग्रेसका पूर्व उपसभापति अधिकारीद्धारा प्रदेश सदस्यमा उम्मेदवारी



  • नेपालदीप
  • शुक्रबार, मंसिर १७ २०७८
2.6K
SHARES

भैरहवा । नेपाली काँग्रेस पाल्पाका पूर्व उपसभापति कृष्णप्रसाद अधिकारीले काँग्रेसको लुम्बिनी प्रदेश सदस्यमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।
रुपन्देहीको भैरहवामा भइरहेको अधिवेशनमा खुल्ला खस आर्य तर्फबाट प्रदेश सदस्यमा उहाँले उम्मेदवारी दर्ता गराउनु भएको निर्वाचन समितिले जनाएको छ ।
पाल्पा कांग्रेसमा जिल्ला सचिव र उपसभापति भइसक्नु भएका अधिकारीले जिल्ला सभापतिमा आकांक्षा देखाएपनि उम्मेदवार बन्न पाउनु भएको थिएन ।
उहाँलाई पाल्पा काँग्रेसका निवर्तमान जिल्ला सभापति तथा लुम्बिनी प्रदेशका उर्जा मन्त्री बीरबहादुर राना, नवनिर्वाचित सभापति हिमालदत्त श्रेष्ठ लगायतका नेताहरुले नै प्रदेश सदस्यका लागि पहल गरेर उम्मेदवार बनाउनु भएको हो ।
उहाँ यसअघि पाल्पा क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यमा निर्वाचित भइसक्नु भएको छ ।
सरकारी जागिर छाडेर ३५ वर्षअघि पञ्चायतविरुद्धको राजनीतिमा होमिनु भएका अधिकारी काँग्रेसका हरेक आन्दोलन र गतिविधिमा अग्रमोर्चामा देखिदै आउनु भएको छ ।
अधिकारीले २०६२-६३ को जनआन्दोलनमा पनि पाल्पाबाट पार्टीको निणर्यअनुसार सबैभन्दा पहिला गिरफ्तारी दिनु भएको थियो ।
पार्टीमा निरन्तर क्रियाशिल रहेको, योगदान गरेको, स्वच्छ छवि भएको, निष्ठा र त्याग भएको नेताका रुपमा चिनिदै आउनु भएका अधिकारीलाई प्रदेश सदस्यमा निर्वाचित गराउन पाल्पा काँग्रेसले सवैलाई अनुरोध गरेको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार