बिहिबार, माघ १३ २०७८

मिरा खड्कालाई पनि ३ महिना प्रधानन्यायधीश पद ‘चाख्न दिने’ शक्तिकेन्द्रको आश्वासन



  • नेपालदीप
  • आइतबार, मंसिर १९ २०७८
2.6K
SHARES

काठमाडौं। सर्वोच्च अदालतमा भएको विग्रहमा न्यायधीशहरुको महत्वाकांक्षालाई प्रयोग गरिएको स्पष्ट भइसकेको छ। बाहिरी शक्तिकेन्द्रले न्यायधीशहरुको नाजायज आकांक्षालाई पुरा गराइदिने वाचा गर्दै न्यायलयका न्यायधीशहरुलाई हातमा लिएर बिग्रह गराएको देखिन्छ।

अदालतभित्र हड्तालको नेतृत्व गरेका न्यायाधीहरुको अग्रपँक्तिमा दीपककुमार कार्की र मीरा खड्का पालैपालो प्रधानन्यायधीशको कुर्चीमा बसेर मन शान्ति गर्ने सोच बनाएको खुल्न आएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई हटाएर तीन/तीन महिनाको लागि भएपनि प्रधानन्यायाधीश हुने तयारी उनीहरुको थियो। त्यसको लागि बारका दाईहरुसँगको मिलेमतोमा अदालतमा हड्तालको अवस्था सिर्जना गरिएको खुल्न आएको छ। खड्काले दीपक कार्की भन्दा अघि नै प्रधानन्यायाधीश बन्ने महत्वकांक्षा पालेको पाईएको छ। यसको लागि पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले साथ र सहयोग गरिरहेका छन्।

अहिले अदालतमा अराजकताको अवस्था सिर्जना गर्ने र हड्ताल गरेर अदालतलाई बन्धक बनाउनको लागि श्रेष्ठको पनि ठूलो हात रहेको कुरा छरपस्ट भइसकेको छ।

४० दिनपछि हिजोबाट सर्वोच्च अदालत लयमा फर्किए पनि अदालत चल्न नदिने निहुँको खोजी भइरहेको छ। अहिले पनि एउटा मुद्धा हेरेर अरु मुद्धालाई ‘हेर्न नभ्याइने’मा राख्ने गरेका छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार