बिहिबार, माघ १३ २०७८

चुनाव हारेर रन्थनिएका थापाले हिमानीलाई थर्काए, भने- अब चाँडै राजसंस्था फर्किन्छ, बधाई!



  • नेपालदीप
  • आइतबार, मंसिर १९ २०७८
3.6K
SHARES

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएका कमल थापा एकपछि अर्को गर्दै पूर्व राजपरिवारका सदस्यहरुमाथि खनिइरहेका छन्। चुनाव हारेर रन्थनिएका थापाले पूर्वराजा ज्ञानेन्द्र पछि अहिले पूर्व युवराज्ञी हिमानी शाह माथि आक्रोश व्यक्त गरेका हुन्।

आइतबार बिहान पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै पराजयको मुख्य दोष थोपरेका थापाले शाहमाथि पनि रिस झारेका छन्। हिमानी शाहको फेक ह्याण्डलले राप्रपाको अध्यक्ष पदमा विजयी राजेन्द्र लिङ्देनलाई बधाई दिएको कुरालाई रिट्विट गर्दै उनले हिमानी माथि आक्रोश पोखेका हुन्।
हिमानीले @HimaniSh123 बाट गरेको ह्यान्डलबाट लिङ्देनलाई बधाई दिँदै गरेको ट्विटमा कमल थापाले आक्रोशित भएर जवाफ फर्काएका हुन्।हिमानीले लेखेकी थिइन्-‘अवसरवाद, नातावाद, कृपावादको अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रवादी नेता राजेन्द्र लिङ्देनलाई हार्दिक बधाई तथा सफल कार्यकालको सुभकामना!’

ट्विटमा भनिएको थियो, ‘राजेन्द्र लिङ्देनको जितसँगै मुलुकले आज सच्चा राष्ट्रवादी नेता पाउन सफल भएको छ।’उक्त ट्विटको जवाफमा थापाले लेखेका छन्- ‘अब चाँडै राजसंस्था पुनःस्थापना हुने भएको हुँदा हिमानी शाहलाई पनि हार्दिक बधाई तथा शुभकामना!’यसअघि थापाले ज्ञानेन्द्र शाहलाई अब बोकेर नहिँड्ने भन्दै आक्रोश देखाएका थिए।’अवसरवाद, नातावाद, कृपावादको अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रवादी नेता राजेन्द्र लिङ्देन लाई हार्दिक बधाई तथा सफल कार्यकालको सुभकामना!’, ट्विटमा भनिएको थियो, ‘राजेन्द्र लिङ्देनको जितसँगै मुलुकले आज सच्चा राष्ट्रवादी नेता पाउन सफल भएको छ।’

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार