बिहिबार, माघ १३ २०७८

कांग्रेस सह–महामन्त्रीमा भीष्मराज आङ्देम्बेले गरे उम्मेदवारी घोषणा



  • नेपालदीप
  • मंगलबार, मंसिर २१ २०७८
1.1K
SHARES

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।हिजो  रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर केन्द्रीय सदस्य समेत रहेका आङ्देम्बेले १४ औं महाधिवेशनमा आफूले सहमहामन्त्री आदिबासी/जनजाती) पदमा उम्मेदवारी दिने घोषणा गरे ।

नेता आङ्देम्बेले नेपाली कांग्रेस पार्टीलाई चुस्त र दुरुस्त बनाउदै २१ औं शताब्दीको पार्टीमा रुपान्तरित गरी २१औं शताब्दीका युवा उमेर र सोचहरुलाई नेतृत्व गराउन सक्ने पार्टीमा रुपान्तरित गर्न सकिन्छ र त्यही ढंगबाट पार्टीलाई चलायमान गर्न नेतृत्वको आवश्यकता रहेकोले आफुले उक्त पदमा उम्मेदवारी दिन लागेको जनाए ।

आदिवासी÷जनजातीको तर्फबाट आफ्नो उम्मेदवारी रहेको उनले बताए । कार्यक्रममा बोल्दै नेता आङदेम्बेले समावेशी र सहभागितामूलक लोकतन्त्रलाई सार्थक बनाउन वर्तमान संविधानको रक्षा गर्दै यसको इमान्दारीपूर्वक कार्यान्वयन गर्न नेपाली कांग्रेसलाई सबल र एकताबद्ध बनाउन आफुले पहल गर्ने पनि दाबी गरे ।

आङदेम्बेले पार्टीलाई वैचारिक रुपमा स्पष्ट, सांगठनिक रुपमा गतिशिल र भावनात्मक रुपमा एकतावद्ध अनि अनुशासित र प्रशिक्षित कार्यकर्ताको उर्जाशील अभियानका रुपमा विकास गर्ने पनि प्रतिवद्धता गरे ।

समाजमा द्धन्द्ध र असन्तोषको अवस्थाको उचित सम्बोधन गरि दिगो शान्ति कायम गर्दै संविधानको सुधार र संशोधन गर्न, संविधानप्रतिको आम अपनत्वको अवस्था सबल पार्न कांग्रेसको राजनीतिक अगुवाई गर्नेलगायत उनले चुनावी एजेन्डा अघि सारेका छन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार