बिहिबार, माघ १३ २०७८

प्रधानन्यायाधीशको राजीनामाबाट न्यायिक सुधार अगाडि जान्छ भन्ने होइन, पूर्णविराम लाग्छ ; ओली



  • नेपालदीप
  • मंगलबार, मंसिर २१ २०७८
1.8K
SHARES

नेपाल बार एशोसिएसनको टोलीसँग मंगलबार आफ्नै निवास बालकोटमा भएको भेटमा उनले प्रधानन्यायाधीशको राजीनामा वा महाभियोगबाट न्यायिक सुधारको सुरुवात नभई पूर्णविराम लगाउने कुरा भएको बताएका छन ।

प्रधानन्यायाधीशको राजीनामा मागेर आन्दोलन गरिरहेका नेपाल बार र सर्वोच्च बारका केही पदाधिकारी र हड्ताली न्यायाधीश समूहका सहयोगी वकिलहरू एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहयोगको याचना गर्दै बालकोट पुगेका छन् ।

‘तपाईंहरुको कुरा आम्सिक जायज छ’ कानुन व्यवसायीहरुलाई उनले भने, ‘तर प्रधानन्यायाधीशको राजीनामा प्रस्थान विन्दु होइन, अन्त्य हो । त्यसबाट न्यायिक सुधार अगाडि जान्छ भन्ने होइन, पूर्णविराम लगाउने कुरा हो ।’

पूर्वप्रधानमन्त्री ओलीले क्यान्सरको उपचार कुखुरा मन्साएर नहुने टिप्पणी गरे । उनले न्यायालय अहिले स्वच्छ र निष्पक्ष दुवै नभएको जिकिर गरे । ‘न्यायालय न स्वच्छ रह्यो न निष्पक्ष रह्यो’ ओलीले कानुन व्यवसायीलाई भने, ‘यहाँहरुले स्वच्छताको त कुरा उठाउनुभयो निष्पक्षताको प्रश्न उठेन कि जस्तो लाग्यो । आफू अधिवक्ता भएकाले पो हो कि ?’

ओलीले प्रधानन्यायाधीशले राजीनामा गर्दैमा वा महाभियोग लगाएर हटाउँदैमा न्यायालय सच्याउने सुरुवात नहुने पनि बताए ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार