बिहिबार, माघ १३ २०७८

नेपालमा थपिए ३१५ जना कोरोना संक्रमित, दुई को मृत्यु



  • नेपालदीप
  • मंगलबार, मंसिर २१ २०७८
1.4K
SHARES

काठमाडौं। नेपालमा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरि ११८१० जनाको नमूना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट २७२ र एन्टिजेन परीक्षणबाट ४३ जनामा संक्रमण देखिएको थियो।

त्यस्तै पछिल्लो २४ घन्टामा ३०४ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप २ जनाको मृत्यु भएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ३५२ रहेको मन्त्रालयले जनाएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार