बिहिबार, माघ १३ २०७८

नेपाल प्रहरीमा पनि १६ वर्षे पेन्सन अवधि लागु हुँदै, गृहले अघि बढायो फाइल



  • नेपालदीप
  • मंगलबार, मंसिर २१ २०७८
7.5K
SHARES

काठमाडौं। नेपाल प्रहरीका जवानहरुको पेन्सन अवधि १६ वर्ष बनाउन प्रस्ताव भएको छ। प्रहरी प्रधान कार्यालयले प्रहरीका जवानहरुको पेन्सन अवधि १६ वर्ष बनाउन पठाएको प्रस्तावलाई गृह मन्त्रालयले अघि बढाएको हो।

केही सातामै प्रहरी नियमावली संशोधनको निर्णय हुनसक्ने स्रोतको दाबी छ। हाल गृहले प्रहरी निरीक्षकदेखि माथिको पदमा २० वर्ष, जुनियर प्रहरी अधिकृतको हकमा १८ वर्ष र सिपाही, फलोअर्सको हकमा १६ वर्ष पेन्सन अवधि बनाउने प्रस्ताव गरेको छ।

गृह मन्त्रालयका एक अधिकारी भन्छन्, ‘यो सिपाहीको मनोबलसँग जोडिएको विषय हो, पेन्सन अवधि घटाउने कुरा सकरात्मक दिशातिर अघि बढिरहेको छ।’

मन्त्रिपरिषद्ले गत वर्ष २९ पुसमा सैनिक सेवा नियमावली संशोधन गर्दै नेपाली सेनामा फलोअर्स तथा सिपाहीले १६ वर्ष सेवा अवधि पूरा गरेर स्वेच्छिक अवकाश लिए निवृत्तभरण पाउने व्यवस्था लागू गर्ने निर्णय गरेको थियो।

तर पेन्सन पाउन २० वर्ष कुर्नुपर्ने सर्त राखिएको थियो। सेनामा यो निर्णय लागू भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा पनि यो निर्णय लागू हुनुपर्ने माग गरिँदै आएको थियो।

 

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार