बिहिबार, माघ १३ २०७८

हामी मूर्तिपूजा किन गर्छौं र के मूर्तिपूजा पाप हो ?



  • नेपालदीप
  • शनिबार, मंसिर २५ २०७८
3.5K
SHARES

मन्दिरमा देवीदेवताको मूर्तिमा प्राणप्रतिष्ठा गरेर पूजाआराधना सनातन धार्मिहरूका लागि नया विषय होइन । हरेक हिन्दू मूर्तिपूजक हुन्छ भन्ने होइन तर १००% हिन्दूहरू मूर्ति भंजक हुँदैनन् । वेदमा मूर्तिपूजाका प्रसस्त उदाहरणहरू छन् । सबैभन्दा महत्व्पूर्ण कुरा के हो भने प्राणप्रतिष्ठामा वैदिकमन्त्रहरू प्रयोग हुन्छ । वैदिक विधिले मन्दिरमा मूर्ति स्थापना नभई तिनको पूजाआजा हुँदैन । सबै मूर्तिको पूजाआजा र आराधना हुनेभए ‘मूर्तिको बजार नै मन्दिर हुन्थ्यो’ तर एस्तो हुँदैन र देखिंदैन पनि । विधिवत् प्राणप्रतिष्ठा नगरिएको मूर्ति वा पूजास्थलमा गएर कसैले देवीदेवताको आराधना गर्दैन ।

मूर्तिपूजाका प्रसंगमा भारतीय सन्यासी स्वामी विवेकानन्दको एउटा प्रसंग अत्यन्त प्रासंगिक ठहरिन्छ । प्रसंगअनुसार एकदिन एउटा मूर्तिपूजाको विरोध गर्ने राजाले विवेकानन्दलाई भोजनका लागि आमन्त्रित गर्छन् । प्रसंगवास राजाले आफु मूर्तिपूजाको विरोधी भएको जिकिर गर्छन् । त्यतिनै बेला स्वामी विवेकानन्दको नजर भित्तामा झुण्डिएको एउटा सुन्दर चित्रमा पर्छ । राजाले त्यो चित्र आफ्ना बुबाको भएको बताउँछन् । स्वामी विवेकानन्दले त्यो चित्रपट उतारेर राजाको हातमा दिंदै त्यसमा थुक्न अनुरोध गर्छन् । यो सुनेर राजा असाध्य रिसाउँछन् । आफ्नो बुबाको तस्विरमा थुक्ने कार्यलाई उसले अनुचित भन्छ तर स्वामी विवेकानन्दले मूर्तिपूजाको विरोध गर्नेले जावो तस्वीरमा थुक्ने विषय सामान्य हुनुपर्ने तर्क गरेपछि राजा गल्छन् । अनिबल्ल, राजालाई ‘मूर्तिपूजा’को अर्थ स्थूलमूर्तिको आराधना गर्ने नभई त्यसमा संस्थापित ईश्वरीय चेतनाको पूजा भन्ने अर्थ स्पष्ट हुन्छ । यसरी मूर्तिपूजाले मानवीय चेतनामा रहेको ईश्वरीय आस्थालाई प्रत्यक्षरूपमा प्रकाशित गर्ने काम गर्छ ।

हामी नेपालीहरू समग्र प्रकृतिलाई ईश्वरका रूपमा अनुभव गर्छौं । वेद र उपनिषदहरूले प्रकृतिलाई ईश्वरीय अभिव्यक्तिका रूपमा स्थापित गरेको छ । मूर्तिपूजाको प्रावधान वेदमा छैन भन्नेहरू पनि छन् । निम्न वेद तथा उपनिषदका मन्त्रहरूले मूर्तिपूजाको महत्वलाई स्वीकार गरेका छन् :

१. संवत्सरस्य प्रतिमा याँ त्वा रात्र्युपास्महे। सा न आयुश्मतीं प्रजाँ रायस्पोशेण सं सृज । अथर्ववेद (३/१०/३)

२. एह्याश्मा तिष्ठाश्मा भवतु ते तनू: अथर्ववेद (२/१३/४)

३. मा असि प्रमा असि प्रतिमा असि । [तैत्तीरिय प्रपा० अनु ० ५ ]

४. सह्स्त्रस्य प्रतिमा असि । [यजुर्वेद १५.६५]

५. अर्चत प्रार्चत प्रिय्मेधासो अर्चत । (अथर्ववेद-20.92.5)

६. ऋषि नाम प्रस्त्रोअसि नमो अस्तु देव्याय प्रस्तराय। [अथर्व ० १६.२.६ ]

७. निशीथे तुरीयसन्ध्यायां जप्त्वा वाक्सिद्धिर्भवति । नूतनायां प्रतिमायां जप्त्वा देवतासान्निध्यं भवति । प्र्ाणप्रतिष्ठायां जप्त्वा प्राणानां प्रतिष्ठा भवति ।।

८. देवतायतनानि कम्पन्ते दैवतप्रतिमा हसन्ति। रुदान्त नृत्यान्त स्फुटान्त स्विद्यन्त्युन्मालान्त निमीलन्ति॥ सामवेद १२८ ।

मुर्तिपूजाका उदहारणहरू वेद वा हिन्दू संस्कृतिमा मात्र होइन विश्वका सबै धर्ममा पाइन्छ । मुस्लिमहरू आफुलाई कट्टर मूर्तिपूजा विरोधी भएको दावी गर्छन् तर तिनको प्रमुख आस्थास्थल मक्काको ‘कावा’ मस्जिदमा राखिएको ‘ढुंगा’ किन पूजनीय छ भन्ने रहस्य खोल्न चाहन्नन् । क्रिश्चियनहरूले पनि मूर्तिपूजालाई घोरपाप ठान्छन् तर किन क्रस वा मेरी-जीससका मूर्तिहरू चर्चमा स्थापित गर्छन् र मृत व्यक्तिको चिहानमा फूल किन अर्पण गर्छन् भन्ने प्रश्नको जवाफ दिनबाट जोगिन्छन् । मुस्लिम र ईसाई कट्टरपन्थीहरूले ‘मूर्तिपूजाको विरोध’का रुपमा अन्य संस्कृति र संस्कारहरूलाई ध्वस्त पारेको मात्र इतिहास छ । यस अर्थमा यी अन्य धर्म र संस्कृतिका दुष्मन हुन् । हिन्दू-बौद्ध समाजले यिनको वहिस्कार गरेकै राम्रो । यी आततायीहरूलाई धार्मिकरूपमा बहिस्कार गरे नै नेपालका आदिम संस्कार र धर्मको रक्षा हुन्छ ।

हिन्दूहरूले कुनै पनि पूजास्थलको विध्वंस गर्दैन् । यदि कहीं पूजास्थलहरू तोडिएका छन् भने त्यो अपवाद हो अथवा लामो समयसम्म अन्य धर्मावलम्वीहरूले गरेको अत्याचारको प्रतिकार हो । अयोध्याको बाबरी मस्जिद बाहेक हिन्दूहरूले कुनै पनि आराधनास्थल ध्वस्त पारेको इतिहास छैन । त्यस्तो इतिहास खोज्न चुनौती दिन्छु । अर्काको धार्मिक स्थल र आस्थामा अतिक्रमण गर्ने काम केवल इसाई र मुस्लिमहरूले मात्र गर्छन् ।

मान्छे एउटा कलात्मक सृजनशील प्राणी हो । उसको सिर्जनात्मक शक्तिका कारण विश्वमा भौतिक र आध्यात्मिक विकास भएको छ । मन्दिर, मूर्ति, प्रार्थनाका विधिविधानहरू मानवीय सिर्जनाका कलात्मक पक्ष हुन् । संसारमा सनातन धर्मले जति टड्कारो रूपमा कला र संस्कतिको कसैले सिर्जना गरेको देखिन्न । प्राचीन ग्रीकको मूर्तिपूजाका रूपमा सृजित भएका सुन्दर र भब्य आराधनास्थलहरूलाई क्रिश्चियनहरूको धर्मान्धताले नष्ट पार्यो । हामी नेपाली यस अर्थमा वैभवशाली नै छौँ । हामीसंग आज पनि देवालयका रूपमा हाम्रा पूर्खाका सिर्जनाहरू सुरक्षित छन् । यदि नेपालमा मुस्लिम वा क्रिश्चियन मतवालाम्वीहरूको वर्चश्व भएको भए निश्चय नै हामीहरूका यी वैभवहरू ध्वस्त पारिएका हुन्थे ।

यदि नेपाल र नेपालीको प्राचीन सम्पदा जोगाउनु छ भने मूर्तिपूजालाई ‘घोरपाप’ भनेर मूर्ति र मूर्तिपूजकहरूको अपमान गर्ने विरुद्ध हामी नेपालीहरू एकजूट हुनैपर्छ । हामी नेपाली हिन्दू, बौद्ध, किराती, बोन, जैन आदि सबै मूर्तिपूजक हौँ । हाम्रो आत्मा र आस्था मूर्तिपूजाको कलात्मकतासंग गाँसिएको छ । असलमा,  धर्मपरिवर्तनकारीहरू नेपाली धर्म र संस्कृतिका साझा दुष्मन हुन् । अत: मूर्तिपूजाको विरोध गर्दै हाम्रो आस्था र संस्कारलाई ‘शैतान’ भन्नेहरू विरुद्ध हामीले घृणा र प्रतिकार आवश्यक देखिन्छ ।

यदि यो लेख हिन्दू धर्म र संस्कृतिको जगेर्ना गर्न प्रेरक छ भने अधिकतम शेयर गर्नुहोला ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार