सोमबार, साउन ३० २०७९

बाग्मती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, पाँच मन्त्री र एक राज्यमन्त्री थपिए,आजै शपथ



  • नेपालदीप
  • मंगलबार, मंसिर २८ २०७८
10.9K
SHARES

काठमाडौं। बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मंगलबार मुख्यमन्त्री पाण्डेले पाँच मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

विस्तारित मन्त्रीमण्डलमा नेकपा माओवादी केन्द्रबाट तीन, नेकपा (एकिकृत समाजवादी)बाट दुई मन्त्री र एक राज्यमन्त्री थपिएका छन्।

माओवादी केन्द्रका घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्री, विशाल खड्का वन तथा वातावरणमन्त्री र रत्नप्रसाद ढकाल युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

त्यस्तै एकीकृत समाजवादी पार्टीका बसन्त मानन्धर खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र बसुन्धरा हुमागाईं कृषि तथा पशुपंक्षी विकास मन्त्री बनेका छन् । त्यस्तै इन्द्रमाया गुरुङ कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री बनेकी छन् ।

विस्तारित मन्त्रिमण्डलमा नेपाली कांग्रेसका सांसदहरु भने समेटिएका छैनन् । कांग्रेस सांसदहरु पार्टीको महाधिवेशनमा व्यस्त भएकाले मन्त्रीको नाम टुंग्याउन नसकेको हो।

हाल वागमती मन्त्रिपरिषद ५ सदस्यीय छ र मंगलबार ६ जना थप भएका छन् । वागमती प्रदेशमा मन्त्रालयको संख्या ८ बाट बढाएर १४ पुर्‍याइएको छ।

नवनियुक्त मन्त्रीहरुले मंगलबार नै अपरान्ह ५ बजे पद तथा गोपनीयताको शपथ लिनेछन्।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार