शुक्रबार, असोज २१ २०७९

पार्टी सभापतिलाई सफल हुने वातावरण हामी बनाइदिन्छौंः उपसभापति गुरुङ



  • नेपालदीप
  • शुक्रबार, पुष २ २०७८
9.8K
SHARES

काठमाडौँ। नेपाली कांग्रेसका नव निर्वाचित उपसभापति धनराज गुरुङले सभापति शेरबहादुर देउवाको दोश्रो कार्यकाल सफल हुने दाबी गरेका छन्। बताएका कांग्रेस पदाधिकारीमा निर्वाचित युवा नेतृत्वले गर्दा सभापति देउवाको यो कार्यकाल सफल हुने बताएका हुन्।

गुरुङले भने, ‘उहाँको पहिलो इनिङ सुखद भएन। दोस्रो इनिङ पनि त्यस्तै हुन्छ भन्ने हुँदैन। क्रिकेटको टेस्ट म्याचमा दुईवटा इनिङ खेल्छन् । पहिलो इनिङमा नराम्रो खेलेको मान्छेले पनि दोस्रो इनिङमा सेन्चुरी हानिरहेको हुन्छ। हामी पनि आशा गरौँ– देउवाजीको पहिलो इनिङ गतिलो नभए पनि दोस्रो इनिङमा सेन्चुरी हान्नुहुन्छ । त्यो वातावरण हामी बनाइदिन्छौँ। विगतमा उहाँका कदमहरू गलत थिए, अब पनि उहाँले गलत नै गरिरहनुहुन्छ भन्ने अनुमान अहिले नगरौँ। अब त हाम्रो उपस्थिति भइसक्यो। हिजो केन्द्रीय सदस्य थियौँ, आज पदाधिकारी छौँ। त्यसकारण देउवा आफैँ पनि रूपान्तरण हुनुहुन्छ। हामीले परिवर्तन गराउँछौँ।’

गुरुङले आफूहरुले ६०-४०को भागबन्डा नमाग्ने पनि बताए। भागबन्डा नभएपछि गुटको स्वतह अन्तय हुने उनको भनाइ छ।

गुरुङले भने, ‘विगतमा पार्टी बिग्रिएको भागबन्डाकै कारणले हो। विधिअनुसार पार्टी चल्यो भने भागबन्डाको अन्त्य हुन्छ। मैले त न्यायोचित व्यवस्थापन बारम्बार उठाइरहेको छु। यसले भागबन्डालाई अन्त्य गर्न सहयोग पुर्‍याउँछ। भागबन्डा नभएपछि गुटको अन्त्य हुन्छ। हामी गुटको अन्त्य गर्ने भन्छौँ। त्यसका लागि न्यायोचित व्यवस्थापन गर्न जरुरी छ। सभापतिले जे गर्नुहुन्छ त्यही मान्ने पदाधिकारी छैनन्। उहाँले भाग दिने, हामीले भाग खोज्ने भन्ने हुँदैन अब। यो गलत भएको थियो। फेरि पनि विगतको झैँ ६० र ४० प्रतिशतको बिलो लगाएर पार्टीलाई थिलथिलो बनाउने हो भने रूपान्तरण हुँदैन। हामी अब भाग खोज्दैनौँ, विधि र विधान खोज्छौँ।’

नयाँ पत्रिका

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार