
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा डा.शशांक कोइरालाले केन्द्रीय सदस्यमा लोकप्रिय मत पाएका छन् । उनले सबैभन्दा धेरै ३ हजार ८ सय ३६ मत ल्याए । जुन कुल खसेको मतको ८१ प्रतिशतभन्दा बढी हो ।
‘सभापतिमा शेरबहादुर देउवालाई आफूले मात्रै हराउनसक्ने’ दावी गर्दै आएका डा.शशांक कोइराला संस्थापन इतर समूहबाट साझा
उमेद्वार बनाउन भन्दै सभापतिको रेस छाडेका थिए ।
आफू पार्टी एकताका पक्षमा उभिएको बताएका शशांकलाई सभापतिका सबै प्रत्याशीले आफ्नो प्यानलमा राखेका थिए ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।