बिहिबार, माघ १३ २०७८

कविताः मेरो भेडापन्ती !



  • नेपालदीप
  • बुधबार, पुष ७ २०७८
2.8K
SHARES

मेरो भेडापन्ती !
हे रैती! जनता कहिले हुने हो?
के जिन्दगीभर यसैगरी धर्केरै रूने हो?
बर्राको भुंग्रोमा आलुसँगै बुद्धी पनि पोल्यौ
आफ्नै मनले सहि समयमा कहिल्यै केही बोल्यौ?
देश छ शोकमा; तिम्रा भने सधैं लावा-लस्कर जन्ती
ओहो ! यति विधि भेडापन्ती?
पंचायत् भन्दा बहुदल, बहुदल भन्दा लोकतन्त्र ठीक !
अनि अबबाट नाईकेका झोला बोकतन्त्र ठीक ?
एहे, त्यसपछि संघिय, धर्म- निरपेक्ष पो त
सॉंच्चै सिंह फाल्ने आँट तिम्रै हो त ?
ए लौन! त्यहि आँटले थुकेको थुक फेरी निल्देऊन
अब एक अन्तिम पटक सबै मिल्देऊन
तिमीलाई पनि पुषको जाडोमा घाम चाहिएको हुँदो हो
घामले पोले रूखको छहारी पाईएको हुँदो हो
मुसाकै छबी रहेछ बा, सधैं दायॉं र बायॉं
अनि बॉंकी जिन्दगी कि घाम, कि रूखको छायॉं?
तिम्रै पार्टी बनाऊ, तिम्रै गुट बनाऊ
देशको ढुकुटी लुट बनाऊ, परिआए कुटाकुट बनाऊ
नाईकेलाई खादा बनाऊ; अबिर, टिका, माला बनाऊ
रातापीरा गाला बनाऊ, हातमा सुनकै बाला बनाऊ
कहिले जिन्दावाद् !, कहिले मुर्दावाद्
होईन घॉंटी सुक्दैन?, मुटु दुख्दैन?
अस्ती हजूरबाले व्यवस्था फाल्न लडे
हिंजो बाले नयॉं व्यवस्था पाल्न बली चडे
आज छोरो त्यहि व्यवस्था फेरी फाल्न डॉंको हाल्छ
भोली नातीले अर्को नयॉं व्यवस्थाको रॉंको बाल्छ
कठै हत्ते भयो, कुनचाहिँ आयोजना फत्ते भयो?
सोंच त, तिम्रो ईमान, आत्मसम्मान कता गयो?
यति लाचार, यति विवस्, टुहुराको पाप लाग्ला
विदुवाको आँसु लाग्ला, खुकुरीको श्राप लाग्ला
बनाऊनेले एकै खेपमा देश बनाए
बाटो खनाए; उद्ध्योग, कला, संस्कृती र भेष बनाए
उत्तर -दक्षीण, पूर्व- पश्चिम चारैतीर मनाए
तिम्रा नाईकेले चाहिँ खप्परका गिदी कता खनाए?
ए भरीया ! तिनलाई बोक्छौ, भगवानै गराऊँछौ
अनि पॉंच वर्ष कता हराऊँछौ?
भान्सा तयार भयो; चिउरा, मासु- भात मज्जाले दबाउँन
ए हजूर ! एक गिलॉंस पियोर कोदाको यता पनि पाउँन
हो स्याबास्, यसैगरी तीनले जे भने त्यही माने
अनि त्यसपछि, रामजाने एकै नजर लाउँदैमा दाम जाने !!!

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट