बिहिबार, माघ १३ २०७८

चर्चित र्‍यापर आशिष राना ‘लाहुरे’ पोखराबाट पक्राउ



  • नेपालदीप
  • बिहिबार, पुष १५ २०७८
1.9K
SHARES

काठमाडौँ। चर्चाको शिखरमा रहेका चर्चित र्‍यापर आशिष राना ‘लाहुरे’ आफ्नो गृहनगर पोखराबाट पक्राउ परेका छन्। रानालाई लागुऔषध कारोबार गरेको आरोपमा पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार राना हिजो बेलुका पक्राउ परेका थिए। कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले रानासहित ४ जना पक्राउ परेको जानकारी दिए।

श्रोतका अनुसार उनीमाथि ब्राउन सुगर कारोबार गरेको आरोप लागेको छ । यसको मूख्य कारोबारी पनि पक्राउ परेका छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार