बिहिबार, माघ १३ २०७८

म्याग्दीमा हिउँमा पुरिएर एकजना बेपत्ता हुँदा तीन जना अलपत्र



  • नेपालदीप
  • बिहिबार, पुष १५ २०७८
1.7K
SHARES

बेनी। म्याग्दीको धवलागिरी गाउँपालिका-१ गुर्जामा हिउँमा पुरिएर बिहीबार एकजना बेपत्ता भएका छन् । गुर्जाको सुकेलट्टेमा हिउँपातका कारण गोठ भत्किँदा ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए ।

बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक हिउँमा फसेर अलपत्र भएका छन् । बेपत्ताको खोजी र अलपत्रको उद्धारका लागि हेलिकोप्टर बोलाउन पहल गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए ।

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गुर्जा जोड्ने पदमार्ग, विद्युत र मोबाइल फोन सेवा पनि अवरुद्ध छ । छिमेकी वडा लुलाङबाट गुर्जा पुग्न एक दिन पुरै हिँड्नुपर्छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार