बिहिबार, माघ १३ २०७८

विवाह गरेकै राती श्रीमती ५ महिनाको गर्भवती भएको जब श्रीमानले थाहा पाए ……..



  • नेपालदीप
  • शुक्रबार, पुष १६ २०७८
1.1K
SHARES

मेरठ। भारतको उत्तर प्रदेशको मेरठमा एक दुलाहले विवाह गरेकै दिन आफ्नी नवदुलही पाँच महिनाको गर्भवती रहेको थाहा पाएपछि उजुरी दिएका छन्। विवाहको पहिलो राती श्रीमती ५ महिनाको गर्भवती भएको थाहा पाएपछि ससुराली पक्षले आफूलाई फसाएको भन्दै कारबाहीको माग गर्दै प्रहरीकहाँ उजुरी दिएका हुन्।

आफ्नी श्रीमतीको गर्भावस्थाको बारेमा ससुरालीमा जानकारी गराउँदा ससुराले उल्टो झुटो मुद्दामा फसाउने धम्की दिएको ती युवकले बताएका छन्। यतिमात्र नभइ ससुराली पक्षले युवकसँग १० लाख रुपैयाँ समेत माग गरेका छन्।

आफूमाथि अन्याय भएको भन्दै ती युवकले कारबाहीको माग गर्दै लिखित उजुरी दिएका हुन्।

विवाहको रात श्रीमानलाई शंका लागेपछि उनले आफ्नी आमालाई यो कुरा बताएका थिए। त्यसपछि श्रीमती (नवविवाहित) लाई अस्पताल लगिएको थियो। त्यहाँ अल्ट्रासाउण्ड रिपोर्ट हेरेपछि उनको पेटमा ५ महिनाको गर्भ रहेको पत्ता लागेको हो। उनको पेटमा जुम्ल्याहा बच्चा हुर्किरहेको बताइएको छ।

तर, ती दुलहीको माइती पक्षले यो कुरा मानिरहेका छैनन्। बरु उल्टै दुलाहलाई फसाउने धम्की दिइरहेका छन्। हाल प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको आजतकमा समाचार छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार