बिहिबार, माघ १३ २०७८

कांग्रेस सभापतिलाई गोलि हान्ने धम्की दिएका नेपाल प्रहरीका एसपी निलम्बित



  • नेपालदीप
  • बुधबार, पुष २१ २०७८
2.6K
SHARES

काठमाडौं। प्रहरी प्रधान कार्यालयले सिराहाका तल्कालीन प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेलाई निलम्बन गरेको छ। पाण्डेलाई मंगलबार छानविन गर्न निलम्बन गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले  जानकारी दिए।

पाण्डेले सिराहा प्रहरी प्रमुख रहेको बेला कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवलाई ज्यान मार्ने धम्की दिएको आरोप रहेको छ। मध्यरातमा आफ्नो घरमा आएर थर्काएको कांग्रेस नेता यादवले बताउँदै आएका छन्। ‘प्रहरी प्रधान कार्यालयले पाण्डलाई निलम्बन गरेको हो। आज छानविन समिति बन्छ। ’प्रहरी प्रवक्ता कुँवरले भने, ‘उहाँमाथि छानविन गर्ने र दोषी देखिए समितिले थप कारबाही प्रक्रिया अगाडि बढाउँछ।’

यस अगाडि पाण्डेमाथि आरोप लागेपछि जिम्मेवारीबाट हटाउँदै प्रहरी प्रधान कार्यालय, नक्सालमा काज सरुवा गरिएको थियो।

यो पनि पढ्नुहोस्

कांग्रेस जिल्ला सभापतिलाई मध्यराति घरमै आएर एसपीले गोली हान्ने धम्की दिएपछि ……

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार