बिहिबार, माघ १३ २०७८

ललिता निवास प्रकरण : विजय गच्छदारसहित ३०० जनाविरुद्ध पक्राउ पुर्जी



  • नेपालदीप
  • बुधबार, पुष २१ २०७८
1.9K
SHARES

काठमाडौं। ललिता निवासको जग्गा प्रकरणमा तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री एवम् कांग्रेस नेता विजयकुमार गच्छदार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त दीपकुमार बस्न्यात लगायतलाई पक्राउ पुर्जी जारी गरेको छ। जिल्ला अदालत काठमाडौंले ‘हाइप्रोफाइल’का व्यक्तिसहित ३०० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरी मुद्दा चलाउने अन्तिम तयारी गरेको छ। अनुसन्धानका लागि सीआईबीले जिल्ला अदालतसँग पक्राउ पुर्जीका लागि आग्रह गरेको थियो। ललिता निवास जग्गा हिनामिनामा उच्च पदस्थ राजनीतिज्ञ, कर्मचारी, व्यापारी र भूमाफिया संलग्न रहेको सरकारी अध्ययन समितिले निष्कर्ष निकालेको थियो।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार