बिहिबार, माघ १३ २०७८

उच्च अदातलका तीन न्यायाधीशलाई कोरोना पुष्टि



  • नेपालदीप
  • बुधबार, पुष २१ २०७८
950
SHARES

भारत। भारतको उत्तर प्रदेशस्थित इलाहावाद उच्च अदालतका तीनजना न्यायाधीशमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। न्यायाधीशमा कोरोना संक्रमण देखिएपछि त्यहाँका कर्मचारी संशकित भएका छन्।

न्यायाधीशमा कोरोना देखिएपछि इलाहावाद उच्च अदालतले अर्चुअल सुनुवाइ गर्ने निर्णय गरेको छ। कोरोना संक्रमणको अवस्थालाई ध्यानमा राख्दै न्यायाधीशहरूको प्रशासनिक समितिले यस्तो निर्णय गरेको हो।

सो अदालतले कार्यलयका अन्य मानिसमा संक्रमण फैलिन नदिन नयाँ निर्देशिका जारी गरेको छ। नयाँ निर्देशिकाअनुसार कानुन व्यवसायी, न्यायकर्मी र वादीलाई अदालत परिसरमा प्रवेश गर्न दिइने छैन ।

भर्चुअल सुनुवाइ हुनुभन्दा पहिला दर्ता भएका मुद्दाहरू अदालतमा पेश गरिनेछन्। अनलाइनका साथै निजी कार्यालयमा पनि मुद्दा दर्ता गर्न सकिनेछ व्यवस्था गरेको छ। कोरोना बढ्दो संक्रमणलाई ध्यानमा राख्दै सर्वोच्च अदालत, दिल्ली र गुजरात उच्च अदालत पछि अब इलाहाबाद उच्च अदालतमा अर्चुअल माध्यमबाट सुनुवाइ हुन लागेको हो।

पछिल्लो समय भारतमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको छ।बुधबार मात्रै ५८ हजार बढीमा संक्रमण देखिएको छ।कोरोनासँगै नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पनि रफ्तारमा बढिरहेको छ। हालसम्म २१ सय बढीमा ओमिक्रोन संक्रमण देखिएको छ।

कोरोना र ओमिक्रोन तीव्ररुपमा फैलिएपछि विभिन्न सहरमा रात्रिकाली कर्फ्यू जारी गरेको छ। महाराष्ट्र र दिल्लीमा सर्वाधिक कोरोना र ओमिक्रोन संक्रमण फैलिरहेको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार