बिहिबार, माघ १३ २०७८

सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन प्रणाली ४ बजेदेखि अवरुद्ध हुँदै



  • नेपालदीप
  • बिहिबार, पुष २२ २०७८
1.9K
SHARES

काठमाडौँ। सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन प्रणाली बिहीबार अपरान्ह ४ बजेदेखि केही समयका लागि अवरुद्ध हुने भएको छ। अदालतको सर्भर अपडेट गर्नुपर्ने भएकाले २२ पुस अपरान्ह ४ बजेदेखि शुक्रबार बिहान ९ बजेसम्म मुद्दा व्यवस्थापन प्रणाली अवरुद्ध हुने भएको हो।

अदालतमा प्रयोग रहेको सर्भर अपडेट गर्ने भएपछि बिहीबार अपरान्ह ४ बजेदेखि शुक्रबार बिहान ९ बजेसम्म मुद्दा व्यवस्थापन लगायतका प्रणालीहरूको प्रयोगमा अवरोध आउने भएको जनाउँदै सर्वोच्चले २२ पुसको पेसीमा स्थिति जनाउने लगायतका कार्य अपरान्ह ४ बजे अगावै सम्पन्न गर्ने गरी व्यवस्था मिलाउन निर्देशन दिएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार