बिहिबार, माघ १३ २०७८

काठमाडौँको बौद्धमा एउटै कोठाभित्र युवक–युवती मृत अवस्थामा भेटिए



  • नेपालदीप
  • शुक्रबार, पुष २३ २०७८
2.3K
SHARES

काठमाडौँ। काठमाडौंको बौद्धमा आज (शुक्रबार) बिहान युवक र युवती एकसाथ मृत भेटिएका छन्।

बौद्धको फैकास्थित राधाकृष्ण मन्दिरनजिकै सँगै बस्ने गरेका युवक र युवती मृतावस्थामा फेला परेको महानगरीय प्रहरी परिसर (काठमाडौं) का प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिए।

उनका अनुसार संखुवासभाका २५ वर्षीय अनिस जिमी र खोटाङ साकेला गाउँपालिका–५ की २२ वर्षीया युसुना राईको शव भेटिएका हुन्।

दुवैलाई धारिलो हतियारले हानेर हत्या गरेको प्रहरीको अनुमान छ। दुवै जनाको शरीरमा चोट छन्।उनीहरू सँगै बस्न थालेको २०/२२ दिन मात्र भएको बुझिएको एसएसपी गिरीले बताए।

पाेस्टमार्टमका लागि दुवै शव त्रिवि शिक्षण अस्पताल लगिएकाे छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार