बिहिबार, माघ १३ २०७८

शान्ति मिसनबाट फर्किएका २० नेपाली सेनालाई कोरोना संक्रमण



  • नेपालदीप
  • शनिबार, पुष २४ २०७८
1K
SHARES

काठमाडौं। शान्ति मिसनबाट फर्किएका २० सैनिकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। दक्षिण सुडानबाट गत पौष २२ गते नेपाल फर्किएका २१५ जना सैनिकमध्ये २० जनामा कोरोना पुष्टि भएको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लव पौडेलले बताए।

सुडानबाट स्वदेश फर्किएपछि उनीहरुलाई नेपाली सेनाको क्ववारेन्टाइनमा राखिएको थियो। उनीहरुको पीसीआर परीक्षण गर्दा २० सैनिकमा कोरोना भाइरस पुष्टि भएको हो। प्रवक्ता पौडेलका अनुसार संक्रमण पुष्टि भएका सैनिकलाई नेपाली सेनाको डाक्टरको निगरानीमा आइसोलेसनमा राखिएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार