बिहिबार, माघ १३ २०७८

नेपाल प्रहरीका ३४ एसपीको सरुवा, को कहाँ पुगे ? (सुचीसहित )



  • नेपालदीप
  • आइतबार, पुष २५ २०७८
1.2K
SHARES

काठमाडौं। नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ। आइतबार प्रहरी महानिरीक्षक शैलेश थापाक्षेत्रीको निर्णयानुसार ३४ एसपीको एकैपटक सरुवा गरिएको हो।

सरुवा गरिएका एसपीहरुले पुस महिना देखिको तलब, भत्ता सरूवा भएको दरबन्दीबाट खान पाउने गरी सरूवा भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

सरुवा भएका प्रहरी उपरीक्षकहरुको सूचीको पहिलो नम्बरमा अमरेन्द्र बहादुर सिंह रहेका छन्। प्रहरी प्रधान कार्यालय केन्द्रीय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखामा कार्यरत सिंहलाई सरुवा गरी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरी कास्की आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा पठाइएको छ।

सिंहको ठाउँमा उमाप्रसाद चतुरबेदीको सरूवा भएको हो। उनी कञ्चनपुरका प्रमुख थिए। उनको ठाउँमा श्याम सिंह चौधरीलाई काठमाडौं उपत्यका प्रहरी इन्टेलिजेन्स शाखाबाट सरूवा गरिएको छ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरी कास्की आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखाका अरूण पौडेललाई नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय सामाखुशी काठमाडौं मानवस्रोत व्यवस्थापन शाखामा सरूवा भएको छ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार