बिहिबार, माघ १३ २०७८

गर्भवती र स्तनपान गराइरहेका महिलाले कोरोनाविरुद्ध खोप लगाउनु हुन्छ ?



  • नेपालदीप
  • सोमबार, पुष २६ २०७८
969
SHARES

काठमाडौं। कोभिड–१९ विरुद्धको खोपले गर्भपात हुने, कम तौलको बच्चा जन्मिने भन्ने कुरा गलत भएको विज्ञहरुले औंल्याएका छन्। गर्भावस्थामा कोरोनाविरुद्धको खोप लगाएका महिलाहरुले समय नपुगी बच्चा जन्माउने र कम तौल भएको बच्चा जन्माउने जोखिमको खोपसँग कुनै सम्बन्ध नरहेको बताइएको छ।

सबै गर्भवती महिलालाई उक्त खोप गर्भवती भएको पहिलो तीन महिनापछि दिन सकिन्छ। त्यसैले ढिला नगरी आफूलाई पायक पर्ने खोप केन्द्रमा समयमै पुगेर खोप लगाउँदा राम्रो हुन्छ।

यस्तै, कोभिड–१९ विरुद्धको खोप स्तनपान गराइरहेका महिलाले पनि लगाउन मिल्ने चिकित्सकले बताएका छन्। यो खोपले आमा र बच्चा दुवैलाई सुरक्षा प्रदान गर्छ । त्यसैले स्तनपान गराइरहेका महिलाहरुले ढुक्क भएर कोभिड–१९ विरुद्धको खोप लगाउँदा हुन्छ।

स्रोत- स्वास्थ्य मन्त्रालय

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार