बिहिबार, माघ १३ २०७८

अबको तीन दिनको मौसम कस्तो रहला ?



  • नेपालदीप
  • मंगलबार, पुष २७ २०७८
665
SHARES

काठमाडौं।  नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको बुलेटिनमा हाल प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भु-भागहरुमा सामान्य बदली रहेको छ र बाँकी स्थानहरुमा आंशिक बदली रहेको छ।

मंगलबार दिउँसो देशभर आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती देशभर आंशिक बदली रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बुधबार दिउँसो प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा मा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रहने छ। प्रदेश नं १ , प्रदेश नं २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना साथै प्रदेश नं १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
बिहीबार देशभर आंशिक बदली रहने छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार