बिहिबार, माघ १३ २०७८

नेपाल गाेजुकाइ कराते–डो संघद्धारा आयोजित २ दिने खुल्ला कराते प्रतियोगिता सम्पन्न



  • नेपालदीप
  • मंगलबार, पुष २७ २०७८
1.4K
SHARES

काठमाडौँ। नेपाल गाेजुकाइ कराते–डो संघको आयोजनामा काठमाडौंमा दुईदिने ‘उमा खुल्ला कराते प्रतियोगिता’ सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा आयोजना भएको प्रतियोगिता चुच्चेपाटीस्थित स्मार्ट प्यालेसमा मंगलबार सम्पन्न भएको हो।

प्रतियोगितामा जोरपाटीले ५ स्वर्ण, १ रजत र ३ कांस्य जितेर च्याम्पियन बनेको छ । ४ स्वर्ण, ३ रजत र ५ कांस्य जितेर मानसिंह डोजो उपविजेतामा चित्त बुझाएको छ भने  ३ स्वर्ण जितेको शंखडोल डोजो तेस्रो भएको छ । प्रतियोगितामा २० जिल्ला तथा डोजोहरुबाट २ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक तथा संघका उपाध्यक्ष अच्युतराज उप्रेतीले जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद गगन थापा, पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेललगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।  कार्यक्रमका  प्रमुख अतिथी गगन थापाले कार्यक्रम संयोजक उप्रेतीलाई उमा कराँतेको मुख्यालय लण्डनबाट सम्बन्धनप्राप्त प्रमाणपत्र र पाँचौं डानको प्रमाणपत्र प्रदान गर्नु भएको थियो भने नेपाल गोजु काई कराँते संघलाई सहयोग गर्दै आउनु भएका संघका केन्द्रिय सदस्य सागर केसीलाई पनि सम्मान गरिएको थियो ।

यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी चुनिएकालाई  नेपाल गोजुकाई कराँते संघका उपाध्यक्ष जनार्दन उप्रेतीले खेलाडीहरुको मनोबल उच्च बनाउन नगद समेत प्रदान गर्नुभएको थियो।

कार्यक्रमलाई सम्पन्न गराउन नेपाल गोजु काई कराँते संघका सहप्रमुख प्रशिक्षक तथा यस संघका महासचिव इन्द्रबहादुर साही खड्गीको बिशेष भूमिका रहेको थियो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार