बिहिबार, माघ १३ २०७८

राजेन्द्र लिङ्देनको अनुरोध : राजसंस्था र हिन्दु राष्ट्र फर्काउन सबै जुटौँ



  • नेपालदीप
  • बुधबार, पुष २८ २०७८
2.5K
SHARES

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाका लागि पार्टी एकतावद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्।बुधबार काठमाडौंमा उपलब्ध केन्द्रीय कार्यसमितिका मनोनित सदस्यहरुलाई शपथ गराउँदै अध्यक्ष लिङ्देनले पार्टीमा कोही असन्तुष्ट हुनुनपर्ने पनि बताए।

उनले पार्टीका सबैलाई समेटेर अघि बढ्ने आफ्नो चाहना रहेको पनि प्रष्ट पारेका छन्।

‘हाम्रो मुख्य कार्यभार पार्टीको हालै सम्पन्न महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशाको सफल कार्यान्वयन हो’, लिङ्देनले भने, ‘सिद्धान्तबाट विचलित भएर लक्ष्य प्राप्ति हुन सक्दैन।’

लिङ्देनले केन्द्रीय सदस्य मनोनयन गर्दा अनुभवी, पार्टीको लागि आवश्यक, पार्टीमा योगदान दिएका व्यक्तिलाई मनोनयन गरिएको उल्लेख गर्दै मनोनीतको संख्या अझै बाँकी रहेको पनि बताए।

संविधानले व्यवस्था गरेबमोजिमको समानुपातिक समावेशीतालाई पूर्ण पालना गरिने बताएका छन्।

अध्यक्ष लिङ्देनले पार्टीको विधान अनुसार केही दिनअघि ३१ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका थिए।

राप्रपाको विधानअनुसार १९९ जनाको कार्यसमिति हुन्छ। त्यसमध्ये १४९ जना महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था छ। बाँकी ५० जना अध्यक्षले मनोनीत गर्न पाउँछन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार