बिहिबार, माघ १३ २०७८

सिंहदरबार प्रवेशमा कडाइ,जारी गरिएका सबै प्रवेश पास खारेज



  • नेपालदीप
  • बुधबार, पुष २८ २०७८
988
SHARES

काठमाडौँ। काेभिड १९ (काेराेना भाइरस) काे सङ्क्रमण बढ्दै गएपछि गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ ।

मन्त्रालयले ओमिक्रोन भेरियन्ट सङ्क्रमणको जोखिमलाई हेरेर सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेको स्थायी तथा अस्थायी पास र अस्थायी परिपत्र पत्र खारेज गर्ने निर्णय गरेकाे जनाएको छ । कुनै पनि निकायले अब नयाँ अस्थायी पास वा परिपत्र पत्र जारी गर्नुपरेमा गृह मन्त्रालयको पूर्वसहमति लिनुपर्नेछ ।

मन्त्रालयले आज बुधवार निकालेकाे सूचनाअनुसार सरसफाइसँग सम्बन्धित व्यक्तिहरूको हकमा यसअघि जारी भएको पासकै आधारमा प्रवेश दिइनेछ भने पत्रकारहरूले सूचना विभागले जारी गरेको परिचय पत्रका आधारमा प्रवेश पाउनेछन् ।

 

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार