बिहिबार, माघ १३ २०७८

लगातार तेस्रो दिन बढ्यो सुनको भाउ,कतिमा हुँदैछ कारोबार ?



  • नेपालदीप
  • बिहिबार, पुष २९ २०७८
741
SHARES

काठमाडौँ। नेपाली बजारमा लगातार तेस्रो दिन सुनको भाउमा वृद्धि भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९२ हजारमा पुगेको छ।चाँदीको भाउ पनि बिहीबार प्रतितोला २५ रुपैयाँले बढेको छ। चाँदी तोलाको १२५५ रुपैयाँमा कारोबार भइरहेको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार