बिहिबार, माघ १३ २०७८

पत्रकारमाथि हातपात गर्ने तीन जना प्रहरी नियन्त्रणमा



  • नेपालदीप
  • बिहिबार, पुष २९ २०७८
608
SHARES

सोलुखुम्बु।  सोलुखुम्बुमा समाचार संकलनमा खटिएका पत्रकारमाथि आक्रमण गर्ने तीन जना पक्राउ परेका छन। गत मंसिर १४ गते सोलुखुम्बु कांग्रेस अधिवेशनको रिपोटिङमा खटिएका पत्रकारहरुलाई हातपात गर्ने तीनै जना युवा पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुमा नेपाल विद्यार्थी संघ सोलुखुम्बुका उपाध्यक्ष जिवन बस्नेत, कांग्रेसका क्षेत्रीय प्रतिनिधि प्रदिप बस्नेत र नेविसंघ माप्यदुधकोशी अध्यक्ष विभुषण राई रहेका छन्।

उनीहरुले रिपोटिङमा खटिएका अन्नपूर्ण सोलुखुम्बु संवाददाता सुबास दर्नाल र रमन बनमाथि हातपात गरेका थिए। उनीहरु विरुद्ध पिडित पत्रकारद्वारा अभद्र व्यवहार अन्र्तगत मुद्धा दायर गरेका छन्।

घटना लगत्तै तिनै जना फरार भएका थिए। तर बुधबार जिवन बस्नेत माप्यदुधकोशी गाउँपालिका-४ स्थित घरबाटै पक्राउ परेपछि विहिबार अन्य दुई जना पनि सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। पक्राउ परेका तीनै जना अहिले प्रहरीको हिरासतमा रहेका छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार